कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत छ : प्रवक्ता शर्मा

 असोज १९, २०७७ सोमबार १९:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर ५ काे प्रदेश सभामा आफ्नो दलका सांसदले गरेको व्यवहार गलत भएको बताउनुभएको छ ।

ट्विटरमार्फत प्रवक्ता शर्माले कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताउनुभएको छ । उहाँले राेस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नास्छौँ भन्ने कम्युनिस्ट पार्टीलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लङ्घनको स्वायत्तता नरहेको पनि बताउनुभएको छ ।

उहाँले गल्ती छोप्ने नभइ सच्याएर अघि बढ्ने पनि प्रतिबद्धता  जनाउनुभएको छ । 

साेमबार प्रदेश नम्बर ५ काे प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका तीन सांसदले कुर्सी र टेबल ताेडफाेड गर्ने, माइक भाँच्ने लगायतका गतिविधि गरेका थिए । उनीहरुले प्रदेश पाँचकाे प्रस्तावित राजधानी दाङकाे भालुवाङ फेर्नुपर्ने बताउँदै आएका छन् ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया