माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा सन् २०२० कै पहिलो हिमाल आरोहण अन्तर्गत सोलुखुम्बुको लुबुचे हिमाल आरोहण गरेर फर्किएको आरोहण टोली मङ्गलबार गोरखाको मनास्लु हिमाल आरोहणका लागि जाने भएको छ ।
बहराइनका राजकुमार नासिर बीन हमदसहितको टोली भोलि मनास्लुतर्फ जान लागेको पर्यटन विभागले जनाएको छ । यो टोलीले गएको शनिबार छ हजार एक सय १९ मिटर अग्लो लुबुचे हिमाल आरोहण गरेको थियो ।
आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि त्यहाँ बाटो बनाउने काम भइरहेको र टोलीले मङ्गलबार त्यहाँको यात्रा सुरु गर्ने आरोहणको संयोजन गरिरहेको सेभेन समिट ट्रेक प्रालीले जनाएको छ ।
कोरोना महामारीले ठप्प भएको पर्वतीय पर्यटनका लागि विश्वमा सन्देश लैजान यो टोलीको आरोहण महत्त्वपूर्ण रहने पर्यटन व्यवसायीहरुले बताएका छन् ।
हेरौँ, टोलीले लुबुचे हिमाल आरोहण गर्दाका केही तस्बिरहरु –
तस्बिर : सेभेन समिट ट्रेक प्रालीकाे फेसबुक पेजबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।