तीन मेडिकल कलेजका आवासीय चिकित्सकद्वारा ओपीडी सेवा बहिष्कार

 असोज २०, २०७७ मंगलबार ११:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकले आजदेखि बहिरंग अर्थात ओपीडी सेवा बहिष्कार गरेका छन् । 

चिकित्सा शिक्षा सुधारको मागसहित अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले आजदेखि ओपीडी सेवा बहिष्कार गरेका हुन् । 

डाक्टर केसी अनसन बसेको २३ दिन भइसक्दा पनि सरकारले वार्ता टोलीसमेत गठन नगरेकाले बाध्य भएर ओपीडी सेवा बहिस्कार गर्नुपरेको आवासीय चिकित्सक संघका अध्यक्ष डाक्टर सुभाष देवकोटाले बताउनुभयो । संघले डाक्टर केसीसँग वार्ता गर्नको लागि टोली गठनको माग गर्दै २४ घण्टे अल्टिमेटम दिएको थियो । 

बहिरंग सेवा बहिष्कार गरेपनि काेराेना, आकस्मिक र भर्ना भएका बिरामीको उपचारमा भने कालोपट्टि बाँधेर सामेल हुने उहाँको भनाइ छ । संघले डाक्टर केसी अनसन बसेको १३ औं दिनदेखि कालोपट्टि बाँधेर काम गरिरहेको छ ।

यसैबीच त्रिवि शिक्षण अस्पतालमा अनसनरत डाक्टर केसीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । आईसीयूमा राख्नुपर्ने अवस्था भए पनि डाक्टर केसी नमान्दा अक्सिजन दिएर उहाँलाई राखिएको छ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया