प्रदेश ५ को प्रदेश सभा बैठक सुरु, नाम र राजधानीको प्रस्तावमाथि मतदान हुने कार्यसूची

 असोज २०, २०७७ मंगलबार १४:९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश ५ को प्रदेश सभा बैठक सुरु भएकाे छ । प्रदेशकाे नाम र राजधानीबारेकाे प्रस्तावमा छलफल गर्न डाकिएकाे बैठक केही ढिला गरी सुरु भएकाे हाे ।

अहिले मुख्यमन्त्री शङ्कर पाेखरेलले प्रदेश सभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ । त्यसपछि राजधानी र नामका विषयमा सरकारको प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेको प्रदेश ५ सचिवालयले जनाएको छ ।

नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसद्लाई ह्वीप नै जारी गरेको छ । प्रतिपक्ष कांग्रेसले पनि प्रस्तावको विपक्षमा मतदान आफ्ना सासंदसँग अपिल जारी गरेको छ । शुक्रबारको बैठकमा दाङको देउखुरीलाई प्रदेश ५ को राजधानी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेस भएपछि बुटवलमा आन्दोलन चर्किएको छ ।

कांग्रेसले निर्णय गरे पनि दाङ र बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सभामा प्रस्तुत भएको प्रदेशको राजधानी र नामको प्रस्तावमाथि साेमबारदेखि औपचारिक रुपमा छलफल सुरु भएको हो ।

सभामुख पूर्णबहादुर घर्तीले प्रदेशको राजधानी र नामकरणका विषयमा प्रदेश सभामा प्रस्तुत भएको प्रस्तावमा संशोधन हाल्न १८ घण्टाको समय दिनुभएको थियो । साेमबार बैठक सुरु हुनेबित्तिकै नाम र राजधानीको विषयमा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदन अवरोध गर्दै कुर्सी तोडफोड गरेका थिए ।  

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया