युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ...
माघ ३०, २०८१ बुधबार
रुपन्देही – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका दुई हजार जनाभन्दा धेरै कार्यकर्ताले पार्टी परित्यागको घोषण गरेका छन् ।
प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा उनीहरुले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् । रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, पश्चिम नेपाल बस व्यवसायी प्रालीलगायत ३५ संस्थामा आबद्ध नेकपाका सदस्यले पार्टी छोड्ने घोषणा गरेकाे होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष समुद्र जीसीले बताउनुभयो ।
उहाँले पार्टीलाई सरकारमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएकाले पार्टी छोड्ने घोषणा गरको बताउनुभयो ।
प्रदेश नम्बर ५ को राजधानी दाङ सार्ने तयारी भएपछि केही दिनयता रुपन्देहीमा विरोध प्रदर्शन हुँदै आएको छ ।
अहिले प्रदेश नम्बर ५ काे प्रदेश सभाकाे बैठक सुरु भएकाे छ । आज नाम र राजधानीकाे प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
mahen
Oct. 6, 2020, 9:22 p.m.जन्मिदा नै जनता नभई कार्यकर्ता बन्ने देशमा; यस्ता कुरा सामान्य हो!! आज जति उफ्रिए पनि; दुई वर्ष पछि चुनावमा यिनै धोखेबाज नेताको पछि पछि झोले भएर नारबाजी गर्दै हिड्ने हामी नै हो !!! जनता जब सम्म नागरिक बन्न सक्दैनौं; यस्ता कुरा भोगिरहनु पर्छ !!