मनसुन अझै केही दिन सक्रिय रहने, ठूलाे पानी भने नपर्ने

 असोज २०, २०७७ मंगलबार १८:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अझै केही दिन देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ ।  

बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालका पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय रहने भएको हो । अबको एक हप्ता नेपालबाट मनसुन बाहिरिने अवस्था नरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार अबको एक हप्ता साता मनसुन नबाहिरिए पनि निरन्तरको भारी वर्षाको सम्भावना भने छैन ।

गएकाे वर्ष पनि मनसुन औसत समयभन्दा केही ढिलो अक्टोबर १२ मा बाहिरिएको थियो । यस वर्ष पनि अक्टोबर १२ तारिखसम्म पुग्ने मौसमविद्को अनुमान  छ । नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो ।

अहिले प्रदेश १, २, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

राति प्रदेश १, २ वाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली हुने तथा प्रदेश १ र २ का केही ठाउँका साथै वाग्मती र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश नं १, २ वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नम्बर १ का एक वा दुई ठाउँमा हल्का वर्षाको सम्भावना  छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मङ्गलबार काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ८ र  अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया