माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – अनसनरत डाक्टर गोविन्द केसीलाई सरकारी टोलीले भेट गरेको छ । डा. केसीले अनसन शुरु गर्नुभएको २३ औँ दिनमा मङ्गलबार शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको तीन सदस्यीय टोलीले शिक्षण अस्पताल पुगेर भेट गरेको हो ।
डा. केसीलाई भेटेर शिक्षा मन्त्रालयको टोलीले अनशन तोड्न आग्रह गरेको छ । तर डा. केसीले भने आफ्ना मागप्रति सरकार गम्भीर भएर सरकारी वार्ता टोली गठन गरी माग सम्बोधन नभएसम्म अनशन नतोड्ने अडान लिनुभएको छ ।
गएको भदौ २९ गतेदेखि जुम्लाबाट अनसन सुरु गर्नुभएका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनरत नै हुनुहुन्छ । अहिले डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उहाँको निगरानीमा खटिएका चिकित्सकहरुले बताएका छन् । डा. केसीलाई अहिले अक्सिजन दिएर राखिएको छ ।
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर अनसन बस्दै आउनुभएका डा. केसीको माग सम्बोधन गर्न दबाब दिँदै देशभरका आवासीय डाक्टर तथा अन्य नागरिकहरुले दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।