नेकपा सचिवालय बैठक : विभिन्न विषयमा छलफल भयाे तर मन्त्रिपरिषद् पुनर्गठनबारे कुरै भएन

 असोज २०, २०७७ मंगलबार १९:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे सचिवालय बैठकले पार्टीको साङ्गठनिक एकताबारे छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको साङ्गठनिक एकीकरण, संवैधानिक राजनीतिक नियुक्ति लगायतबारे छलफल भएको छ ।

विभिन्न विषयमा छलफल भए पनि निर्णय भने नभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । मङ्गलबारकाे बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने भनि पनि त्यसबारे कुराकानी नै नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

यस्तै नेकपाको सचिवालय बैठकलेले अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई अनशन अन्त्य गर्न आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमणसँग जुध्नुपर्ने समयमा तत्कालका लागि अनशन अन्त्य गर्न नेकपाले आग्रह गरेको हो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले केसीलाई अनशन अन्त्य गर्न सरकारले गरेको अनुरोधसहितको विवरण पेस गर्नुभएको थियो । डाक्टर केसीले चिकित्सा शिक्षा सुधारका लागि उठाएका कतिपय विषय कार्यान्वयनको प्रक्रियामा अगाडि बढेका र सरकार कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित हुनुपर्ने अवस्थामा रहेकोले अहिलेका लागि अनशन तोड्न आग्रह गरिएको नेकपाले जनाएको छ । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया