माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले यो दशैँमा सकभर सहरबाट गाउँ नजान अनुरोध गरेको छ ।
मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अवस्था अत्यन्तै संवेदनशिल भएको बेलामा चाडबाड मनाउन गाउँ जानु जोखिमपूर्ण रहेको बताउनुभयो ।
‘हामी स्वस्थ रह्यौं भने चाडबाड अर्को वर्ष पनि मनाउन सकिन्छ, अहिले आफू यात्रा गर्दा कोरोनाले पनि यात्रा गर्न सक्छ भन्ने कुरा बुझ्नुपर्छ’ मन्त्री ज्ञवालीले भन्नुभयो ।
चाडबाडको मुख्य विशेषता आफूभन्दा अग्रज, ज्येष्ठ नागरिक र अभिभावकबाट आशीर्वाद लिने भएको बताउँदै मन्त्री ज्ञवालीले अहिलेको चाडबाडमा सहरदेखि गाउँको यात्रा गर्दा अभिभावकहरु नै सबैभन्दा ठूलो जोखिममा पर्ने बताउनुभयो ।
‘चाडबाडमा ज्येष्ठ नागरिकबाट आशीर्वाद लिने हो, तर यो पटक सबैभन्दा जोखिममा अभिभावकहरु नै हुनुहुन्छ, हाम्रा कारण उहाँहरु जोखिममा पर्नुभयो भने निकै नराम्रो हुन्छ । यस पटक सधैं जस्तो काठमाण्डौबाट गाउँ, गाउँबाट काठमाण्डौं नगरौं । आशिष फेरि पनि लिन सक्छौँ’ ज्ञवालीले भन्नुभयो ।
‘आशीर्वाद पछिसम्म पनि चाहिन्छ, त्यसैले यो वर्षको चाडबाडमा आशीर्वाद बचाऔँ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।