माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
संसदीय सुनुवाइ समितिले प्रक्रिया सुरु गर्दै प्रस्तावित राजदूतहरुविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ । बुधबार बसेको समिति बैठकले भाेलि बिहीबारदेखि लागू हुने गरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको हो ।
संसदीय समितिकाे कार्यविधि २०७५ को दफा १२ बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।
खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोस्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालाका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।
यस्तै पूर्व मुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।
त्यस्तै डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कङ्गो, तान्जानिया, जाम्भिया, जिम्बाब्वे, ज्ञावेनलगायतका देशका लागि गैरआवसीय राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।