चिकित्सक सङ्घद्वारा आन्दोलनको घोषणा, शुक्रबार देशभरका अस्पतालमा सेवा बन्द

 असोज २१, २०७७ बुधबार १८:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डाक्टर गोविन्द केसीसँग वार्ता गरेर माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

वार्ता टोली गठन गर्न असोज १८ गते सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइएकोमा बेवास्ता गरेको भन्दै सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

२२ गते बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी सङ्घका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्राङ्गणमा जनस्वास्थ्यको मापदण्ड अपनाइ सामाजिक दुरी कायम गर्दै धर्ना गर्ने सङ्घले जनाएको छ ।

२२ गतेदेखि नै सङ्घका शाखा कार्यालयमा र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त ठाउँमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाइ अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर रिले अनसन गर्ने सङ्घले जनाएकाे छ ।

गोविन्द केसीको सत्याग्रह अन्त्यका लागि सहज वातावरण नगराएको अवस्थामा नेपाल चिकित्सक सङ्घले २३ गते शुक्रबार एक दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बहिष्कार गर्ने निर्णय गरिएको जनाएको छ । 

२३ गतेसम्म पनि सरकारले वार्ता टोली गठन नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चिकित्सक सङ्घकाे घाेषणा छ ।

सङ्घद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरु बाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने सङ्घले चेतावनी दिएको छ । 

 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • dhama paudyal

    Oct. 7, 2020, 7:43 p.m.

    कुरो त राम्रो हो । तर यो पनि केवल कर्मकान्डी जस्तो लाज्ञो । किन एक दिन मात्र गर्ने ? आग पुरा नहुन्जेल वा अनिस्चित कालको लागी गर्नु पर्छ ।

  •  0 Reply
  • dhama paudyal

    Oct. 7, 2020, 7:42 p.m.

    कुरो त राम्रो हो । तर यो पनि केवल कर्मकान्डी जस्तो लाज्ञो । किन एक दिन मात्र गर्ने ? आग पुरा नहुन्जेल वा अनिस्चित कालको लागी गर्नु पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया