माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै
माघ ३०, २०८१ बुधबार
खोटाङ - नागरिकलाई आफ्नै गाउँ-ठाउँमा पुगेर सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एकीकृत सेवा केन्द्र सुरु गरेको छ ।
नागरिकलाई ‘गाउँ-गाउँमा सिंहदरबार’ भन्ने नाराको अनुभूती गराउने उद्देश्यका साथ हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारको भदौरेमा एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । वडा कार्यालयबाट प्रवाह हुने सबै किसिमका सेवा सुविधा नागरिकको घरदैलोसम्म पुर्याउन एकीकृत सेवा केन्द्र स्थापना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
साविकको मंगलटार ४ र ५ का १ सय ३० घर परिवारलाई लक्षित गरी नगरपालिकाले ‘घर-घरमा स्थानीय सरकार’ भन्ने नारासहित भदौरेमा एकीकृत सेवा केन्द्र सञ्चालन सुरु गरेको हो । नगरपालिका र वडा कार्यालय मंगलटारको ४ लाख ५० हजारमा दुई कोठे एकीकृत सेवा केन्द्रको भवन निर्माण गरिएको हो ।
एकीकृत सेवा केन्द्रबाट गाउँघर क्लिनिक, खोप लगायतका स्वास्थ्य सेवा समेत उपलब्ध गराइनेछ । केन्द्रबाट नागरिकका गुनासो, मुद्धा वा माग पनि संकलन गरिने मेयर राईले बताउनुभयो । एकीकृत सेवा केन्द्र सञ्चालनका लागि मंगलटारकै साविकको ८ र ९ का लागि घुर्चुमा पनि भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
मंगलटारमा गरिएको सेवा केन्द्रको अभ्यास प्रभावकारी देखिए हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवामा पनि विस्तार गर्ने लक्ष्य राखिएको मेयर राईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।