आज विश्व दृष्टि दिवस : विश्वमा १९ वर्षमुनिका तीन करोड १२ लाख बालबालिकामा दृष्टि समस्या

 असोज २२, २०७७ बिहीबार ८:३८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज विश्व दृष्टि दिवस । ‘दृष्टिप्रतिको आश’ भन्ने नाराका साथ नेपालमा पनि विश्वदृष्टि दिवस मनाइँदै छ । 

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ । जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा दृष्टि समस्या देखिएको छ ।

आँखा सेवाको पहुँच भएमा झण्डै एक अर्ब मानिसको अझै पनि दृष्टिको जगेर्ना गर्न सकिने आँकलन छ । नेपालमा कुल जनसङ्ख्याको शून्य दशमलव ३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको पछिल्लो तथ्याङ्क छ ।

यो समस्या सन् १९८१ को सर्वेक्षणमा शून्य दशमलव ८४ प्रतिशत जनसङ्ख्यामा रहेको पाइएको थियो । अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाए पनि जनसङ्ख्या वृद्धि र ज्येष्ठ नागरिकको सङ्ख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको समस्या बढ्दो छ  । अहिले कोभिड-१९ को जोखिमका कारण आँखाका बिरामी र समस्या अझ बढ्दै गएका छन् ।

कोरोना सङ्क्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन स्वास्थ्य सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । दिवसका अवसरमा शुभकामना दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत रहेको बताउनुभएको छ ।

 उहाँले सरकारले लागू गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न पनि आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया