युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीच आठ घण्टाभन्दा लामो समयदेखि वार्ता भइरहेको छ ।
शिक्षा मन्त्रालयमा बिहान साढे १० बजे सुरु भएको वार्ता दिउँसो ३ बजे रोकिएको थियो । त्यसपछि फेरि बेलुका ५ बजेदेखि निरन्तर वार्ता भइरहेको डाक्टर केसीका सहयोग प्रितम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्मको छलफल सकारात्मक छ ।
बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेपछि बिहीबार वार्ता भइरहेकाे हो । डाक्टर केसी ६ बुँदे माग राखेर १९ औँ अनशनमा बसेको बिहीबार २५ दिन पुगेको छ । उहाँको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सानुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर डाक्टर केसीले भने आईसीयूमा जान अस्वीकार गर्नुभएको छ ।
डा. कसीले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राख्नुभएको छ ।
उहाँको माग शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित छन् । गएको भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनशन सुरु गर्नुभएको थियो । पछि काठमाण्डाै आउनुभएका उहाँ अहिले शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।