युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ...
माघ ३०, २०८१ बुधबार
लमजुङ – लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ ।
लमजुङ जिल्ला र मनाङ जिल्लाका करदाताहरूलाई करसम्बन्धी सेवा दिने उद्देश्यले लमजुङको सदरमुकाम बेसी सहरमा करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइएकाे हाे ।
करदाता सेवा कार्यालय बेसी सहरका कर अधिकृत सुशील लम्सालले अहिलेसम्म करको दायरामा आएका लमजुङका ८ हजार २ सय ९० करदाता र मनाङ जिल्लाका ५ सय ९७ करदाता गरी करिब ८ हजार ९ सय करदाता सेवाग्राहीलाई सेवा दिने गरी कार्यालय सञ्चालनमा आएको बताउनुभयो ।
उहाँका अनुसार यो कार्यालयले करदाताको सङ्ख्या बढाउन थप काम गर्नेछ । कर कार्यालयबाट व्यक्तिगत वा संस्थागतरुपमा दर्ता हुने, आफ्नो संस्थाको उद्देश्य परिवर्तन गर्ने, राजश्व बुझाउने लगायतका सेवा पाउने पनि उहाँले बताउनुभयो । लमजुङमा कर कार्यालय स्थापना भएपछि यस क्षेत्रका मानिसहरुलाई करसम्बन्धी सेवा लिन तनहुँको दमौलीसम्म जानुपर्ने स्थितिको अन्त्य भएको पनि लम्सालले बताउनुभयो ।
लमजुङ र मनाङ जिल्लाका करदाताहरु यसअघि तनहुँको दमौलीमा रहेको आन्तरिक राजस्व कार्यालयबाट करसम्बन्धी सेवा लिँदै आएका थिए । करदाता सेवा कार्यालयले लमजुङमै सेवा सञ्चालन गरेपछि करको दायरामा आउनेहरुको सङ्ख्या अझै बढ्ने लम्सालको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।