माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारी टोली र डाक्टर गोविन्द केसी पक्षबीच शुक्रबार हुने भनिएको वार्ता अनिश्चित बनेको छ । सरकारी टोलीले वार्ताको समय नतोक्दा अनिश्चित बनेको डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।
बिहीबारको वार्ता सकारात्मक भनिए पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । शुक्रबार फेरि बस्ने गरी बिहीबारको वार्ता सकिएको थियो । सुवेदीका अनुसार शुक्रबार सरकारी टोलीसँग वार्ताका विषयमा कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्नुपर्ने जवाफ आएको छ । तर प्रधानमन्त्री ओलीले समय नदिँदा वार्ता अन्योल भएको सुवेदीले बताउनुभयो ।
सरकारी टोलीले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन । डाक्टर केसीको माग सम्बोधन गर्न सरकारले आलटाल गरेको भन्दै उहाँका समर्थक र नेपाल चिकित्सक सङ्घले आन्दोलनको तयारी थालेका छन् ।
सरकारले वार्ताका लागि टोली गठन गरेपछि चिकित्सक सङ्घले आन्दोलन रोकेको थियो । डाक्टर केसी अनशनमा बसेको शुक्रबार २६ दिन भएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर डाक्टर केसी अनशनमा बसेको यो १९ औँ पटक हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।