माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – सरकारले यस वर्ष पुरानै कपडा लगाएर दशैँ मनाउन सबैलाई अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दशैँमा नयाँ कपडा किन्ने चलन रहेको र कपडा किन्न जाँदा कोरोना भाइरस सङ्क्रमणको डर धेरै हुने भएकोले भन्दै यो वर्ष आफूसँग भएकै पुराना कपडा लगाएर दशैँ मनाउन आग्रह गर्नुभयो ।
अहिले मानिसहरु कोरोना भाइरसको सङ्क्रणलाई बेवास्ता गर्दै किनमेलमा निस्किएको देखिएको भन्दै प्रवक्ता गौतमले सकभर कपडा किन्दै नकिन्न आग्रह गर्नुभयो । यस्तै खानेकुरा किन्दा पनि सचेतता अपनाउन आग्रह गर्नुभयो । उहाँले यो वर्ष दशैँमा टीका तथा आशीर्वाद थाप्नको लागि यात्रा नगर्न आग्रह गर्दै अहिले जो जहाँ छ, त्यही परिवार बसेर खानेकुरा पकाएर रमाइलोसँग खान आग्रह गर्नुभयो ।
टीका थाप्ने वा लगाइ दिनेबाट एक अर्कामा भाइरस सर्ने जोखिम रहने भन्दै उहाँले यो वर्ष फोन तथा अनलाइनबाट मात्र आशीर्वाद लिन आग्रह गर्नुभयो । दशैँ केन्द्रित किनमेलबाट सङ्क्रमण धेरै फैलने डर रहेको भन्दै उहाँले नजिकका पसलबाट भिड नभएको बेला सुरक्षा सतर्कता अपनाएर खानेकुरा किन्न र यसबाहेक कपडालगायतका सामग्री यो दशैँमा नकिन्न आग्रह गर्नुभयो ।
केही दिनयता काठमाण्डाै उपत्यकासहित देशैभर काेराेना भाइरसकाे जाेखिम बढिरहेकाे छ । सक्रिय सङ्क्रमितकाे सङ्ख्या २७ हजार नाघेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।