जारकाे पानी बढी मूल्यमा बिक्री गर्नेलाई सरकारले कारबाही गर्ने

 असोज २५, २०७७ आइतबार १४:३४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले जारको पानी बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गर्ने बताएको छ । उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जारको पानीको मूल्य नबढेकाले पुरानै मूूूूूूूूूूूूल्यमा बिक्री गर्न उद्योगी र व्यवसायीलाई निर्देशन दिएको बताउनुभयो । 

केही दिनयता काठमाण्डौ उपत्यकामा प्रति जारको पानीको मूल्य १५ देखि २० रुपैयाँसम्म बढी लिने गरिएको छ । उद्योगी र व्यवसायीले भने सरकारले नै जारको पानीको मूल्य बढाएको भन्दै अहिले उपभोक्ताबाट बढी मूल्य लिइरहेका छन् । प्रति जार ३० देखि ३५ रुपैयाँ पर्ने जारको पानी अहिले ५० देखि ५५ पुगेको छ । 

तर सरकारले अहिलेसम्म जारको पानीको मूल्य नबढाएको महानिर्देशक सुवेदीले बताउनुभयो । अनुगमन र कारबाही नहुँदा व्यवसायीले निर्देशनको अटेरी गर्दै बढी मूल्यमा जारको पानी बेचिरहेका छन् । विभागले सबै ठाउँमा अनुगमनमा पुग्न नसक्ने हुँदा बढी मूल्यमा बिक्री गर्नेविरुद्ध उजुरी गर्न आग्रह गरेको छ ।

ठगी भएको पाइए ११३७ नम्बरमा फोन गरेर उजुरी दिए ठगी गर्नेलाई कारबाही हुने उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताउनुभयो । यस्तै उहाँले चाडपर्व नजिकिएसँगै बजारमा म्याद गुज्रेका वस्तु बिक्रीका लागि राख्ने गरेको पाइएको भन्दै उपभोक्तालाई सचेत हुन आग्रह गर्नुभयो ।

बजार अनुगमनका क्रममा केही व्यापारीले मेसिन नै राखेर रि–लेबलिङ गर्न थालेको पाइएकाले उपभोक्ता आफै पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ । उपभोक्ता भने सरकारले नै अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा ठगी बढेको गुनासो गर्छन् ।  

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • कृष्ण बहादुर अछामि

    Oct. 11, 2020, 2:46 p.m.

    यता काठमाडौंको सामाखुसी एरियामा पानीको एक जारमा १५ रुपैया बढेको छ, तर कसैले वास्ता गरेको पाइएन/ सबै जार कम्पनीले पन्ध्र रुपैया बढी लिन थालेका आज एकहप्ता भन्दा पनि बढी भयो, सामाखुसी बैकुण्ठ पुरी भण्डारी टोल लगायत एरियामा यो कार्य भएको छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया