युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – घुमघामसम्बन्धी जानकारी दिने विश्वकै चर्चित वेबसाइट 'लोन्ली प्लानेट' ले विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किटलाई समावेश गरेको छ ।
लोन्ली प्लानेटले कोरोना भाइरसका कारण विश्वभरको पर्यटन क्षेत्र प्रभावित भएको तर अब सुरक्षित तरिकाले भ्रमणको लागि भन्दै विश्वका १० उत्कृष्ट गन्तव्य सार्वजनिक गरेको छ । लोन्ली प्लानेटको उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट दशौँ नम्बरमा परेको छ ।
वेबसाइटले अन्नपूर्ण पदयात्रालाई विश्वकै उत्कृष्ट पदयात्रा भनेको छ । मन्दिर, डाँडापाखा, हिमाल, नदी, स्थानीय जनजीवन आदिको दृश्यावलोकन गर्दै अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्दा निकै सन्तुष्टि प्राप्त हुने जनाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र, तिलिचाे ताल, थोरङ्ला पास, माथिल्लो मुस्ताङ, कालीगण्डकी उपत्यकालगायतका ठाउँकाे वर्णन वेबसाइटमा गरिएको छ ।
अन्नपूर्ण क्षेत्रको यात्रा चुनौतीपूर्ण, रोमाञ्चक र उत्प्रेरक हुने लोन्ली प्लानेटको दाबी छ । दिनभरिको पदयात्रापछि मिठो खाना र दूध चियासहितको साँझ झनै रोमाञ्चक हुने पनि वेबसाइटले जनाएको छ ।
लोन्ली प्लानेटका अनुसार विश्वकै घुम्न लायक गन्तव्यको पहिलो ठाउँमा जोर्डनको पेट्राको लस्ट सिटी, दोस्रोमा इक्वेडरको गालापागोस, तेस्रोमा अस्ट्रेलियाको उलुरु राष्ट्रिय निकुञ्ज, चौथोमा अफ्रिकी देश बोत्सवानाको ओकाभाङ्गो डेल्टा, पाँचौँमा उत्तर अमेरिकाको एल्लोस्टोन नेशनल पार्क परेकाे छ ।
त्यस्तै छैठौँमा स्लोभानियाको ब्लेड ताल, सातौँमा अर्जेन्टिना र ब्राजिलको सीमामा रहेको इग्वाजु झरना, आठौँमा कम्बोडियाको अङ्कोर मन्दिर र नवौँ नम्बरमा बोलिभियाको सालर दी ताल रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।