टाेल नै थर्किने गरी चर्काे आवाजमा माेटरसाइकल चलाउनेलाई १ हजारदेखि १५ हजारसम्म तिराइयाे

 असोज २५, २०७७ आइतबार २०:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाइ ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ । चाडबाडलाई लक्ष्य गरेर अवाञ्छित गतिविधिविरुद्ध सक्रिय रहेको ट्राफिक प्रहरीले आइतबार चर्को आवाज बनाएर मोटरसाइकल चलाउने २० चालकलाई कारबाही गरेको हो । 

महाशाखाले सहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने तथा स्वरुप परिवर्तन, लापर्वाही तथा जिकज्याक रुपमा चलाउने कार्य कानुन विपरीत भएकाले त्यसविरुद्ध अभियान थालेको छ । महाशाखाका प्रमुख भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनाका साथै सर्वसाधारणमालाई समेत असर पुग्ने बताउनुभयो । जथाभाबी रुपमा साइलेन्सरलाई परिवर्तन गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई काठमाण्डाै उपत्यकाभित्र सञ्चालनमा कडाइ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ढकालले जानकारी दिनुभयो । 

त्यस्ता मोटरसाइकल निकै तीव्र गतिमा कुदाइने गरेको पाइन्छ । महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार चालु आर्थिक वर्षमा मात्रै यसअघि ३४ मोटरसाइकल चालकलाई कारबाही गरिसकिएको छ । त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिबाना स्वरुप एक हजारदेखि १५ हजार रुपैयाँसम्म जरिबाना गराइएको छ ।

यस्ता किसिमका मोटरसाइकल कतै कुदेको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराइदिनसमेत प्रहरीले अनुरोध गरेको छ । महाशाखाले यातायात क्षेत्रको ठगी नियन्त्रणमा समेत विशेष टोली परिचालन गरिएको जनाएको छ । सादा पोसाकमा प्रहरी परिचालन गरी यस्ता गतिविधि नियन्त्रण अभियान सुरु भएको जनाइएको छ ।  

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया