धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लाग्यो

 असोज २६, २०७७ सोमबार ८:१४:० | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ - धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लागेको छ ।

बिहान तीन बजे थाक्रे गाउँपालिका-१ ढांडे सिम्लेमा बसमा आगो लागेको हो । ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताउनुभयो ।

बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको पनि उहाँले जानकारी दिनुभयो । आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगाे लाग्नुकाे कारण खुल्न नसकेको र थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया