एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ, अरूको ...
पुस ८, २०८१ सोमबार
दाङ - दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् ।
कोरोना सङक्रमण बढ्दै गएकाले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय ५ दिनका लागि बन्द भएका हुन् । त्यस्तै नापी तथा मालपोत कार्यालय पर्सी बुधबारसम्मका लागि बन्द गरिएको छ । देउखुरीमा रहेको जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द भएको हो ।
अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको छ । दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय पनि असोज ३० गतेसम्मका लागि बन्द भएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत अम्मरराज शर्माले प्रशासनमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको र थप अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा पाँच दिनका लागि कार्यालय बन्द गरिएको जानकारी दिनुभयो । नापी तथा मालपोत कार्यालय असोज २२ देखि २८ गतेसम्मका लागि बन्द गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।