एनआईसी एशियाको कार्डमार्फत भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक

 असोज २७, २०७७ मंगलबार ६:४८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनआईसी एशिया बैंकले चाडपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्ने ग्राहकलाई आकर्षक नगद फिर्ता दिने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत  ई-कमर्शबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

अनलाइन किनमेल बढिरहेको अवस्थालाई मूल्याङ्कन गर्दै बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिन याे योजना ल्याएको हो । (Sastodeal and Gyapu Marketplace ) मा २० प्रतिशत वा.२००० रुपैयाँसम्म, Kalmart मा २५ प्रतिशत वा १५०० रुपैयाँसम्म तथा Thulo Pasal, Infistore and Okdam मा १५ प्रतिशत वा १००० रुपैयाँसम्म नगद फिर्ता हुने व्यवस्था गरिएकाे बैंकले जनाएको छ ।

बैंककाअनुसार यो योजना आउँदो २७ असोजदेखि १ कार्तिकसम्म जारी रहने छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया