सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने सरकारको निर्णय

 असोज २७, २०७७ मंगलबार ७:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पूरै सिटमा यात्रु बस्न दिने निर्णयसँगै अब सार्वजनिक गाडीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ । यस्तै कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

सरकारले यसअघि काठमाण्डाै उपत्यकामा भदौ २५ गतेदेखि र लामो दूरीका गाडीमा असोज १ गतेदेखि आधा सिटमा मात्र यात्रु राखेर चलाउन दिएको थियो । यसरी आधा सिटमा मात्र यात्रु राख्न तोकिएको भाडामा ५० प्रतिशतसम्म बढी लिन पाउने व्यवस्था थियो । तर व्यवसायीले भने तोकिएकोभन्दा दोब्बरसम्म भाडा लिँदै आएका गुनासो यात्रुको छ ।

त्यही निर्णयलाई उल्ट्याउँदै सरकारले अब सार्वजनिक गाडीका पूरै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया