विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस : पूर्वतयारी तथा सतर्कतामा ध्यान दिनुपर्नेमा जोड

 असोज २७, २०७७ मंगलबार ८:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखका दिन विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिन्छ । विपद् जोखिम न्यूनीकरणमैत्री सुशासन : सुरक्षित भविष्यका लागि हाम्रो अभियान नाराका साथ नेपालमा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान सवा १० बजे भर्चुअल रुपमा उद्घाटन तथा सम्बोधन गर्नुहुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सन् १९८९ को राष्ट्रसंघ साधारणसभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि दिवसको सुरुवात गरेको थियो । नेपालमा यो वर्ष ६ महिनाको अवधिमा बाढी/पहिरो तथा चट्याङबाट मात्रै तीन सयभन्दा धेरैले ज्यान गुमाएका छन् । बाढी र पहिरोमा ७० जनाभन्दा धेरै हराइरहेका प्राधिकरणको तथ्याङ्क छ ।

२०७२ सालको भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदामा क्षति गरेको थियो । मानविय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ । नेपालमा बाढी/पहिरो, हिमपहिरो तथा भूकम्पको जोखिममा छ ।

भूकम्पको हिसाबले विश्वको ११ औँ तथा बाढी/पहिरोलगायतका प्रकोपका हिसाबले ३० औँ स्थानमा छ । नेपालमा पहाडी भागमा पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागीको जोखिम छ । यसपाली कोरोना भाइरसको सङ्क्रमणले विश्वमा नै असर गरेको छ ।

विपद्ले मानविय क्षतिसँगै विपद्पछिको राहत, उद्दार, पुनःस्थापना र पुनर्निर्माणका काम खर्चिलो हुँदै आएको छ । प्राकृतिक प्रकोपसँग जुध्न नसकिने तर पूर्वतयारी तथा सतर्कता अपनाएर क्षतिलाई न्यूनीकरण गर्न सकिनेमा विज्ञले जोड दिदै आएका छन् ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया