युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल चलिरहेको छ । उहाँहरुबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावबारे छलफल भइरहेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।
अविश्वासको प्रस्ताव फिर्ता गर्न भन्दै अध्यक्ष प्रचण्ड साेमबारदेखि नै नेताहरुसँगको छलफलमा व्यस्त हुनुभएको छ । प्रधानमन्त्री ओलीसँग छलफल गरेर जतिसक्दो छिटो प्रस्ताव फिर्ता गर्न निर्देशन दिन लागिएको नेकपा स्रोतले जनाएको छ ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका नेतालाई प्रस्ताव फिर्ता गर्न निर्देशन दिइसकेको र अध्यक्ष प्रचण्डले पनि पूर्वमाओवादीका नेताहरुलाई त्यसैअनुसारको आग्रह गरिसक्नु भएकोले अविश्वासको प्रस्ताव फिर्ता हुने सम्भावना बढेको नेकपा कर्णाली प्रदेशका नेताहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।