माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले म्याद नाघेका बटर (मख्खन) बाट घिउ बनाइरहेको भेटिएको छ । डीडीसीको गोदाममा करोडौँ मूल्य पर्ने बटर म्याद गुज्रेको अवस्थामा पाइएको अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताउनुभयो ।
डीडीसीमा म्याद गुज्रेको बटरमार्फत घिउ बनिरहेको गुनासो आएपछि काठमाण्डौ महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा मङ्गलबार बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा अनुगमन गरिएको थियो ।
अनुगमनमा डीडीसीको गोदाममा एक लाख ९४ हजार ६ सय किलो म्याद गुज्रेको बटर भेटिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म्याद गुज्रिएको बटरसँगै डीडीसीले घिउ बनाउने ठाउँ असाध्यै फाहोर भेटियो, सरकारी स्वामित्वको संस्थानले नै उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको छ । तर सरकारी निकायले बजार अनुगमन गरिरहेको दाबी गरे पनि त्यसो भएको पाइएन ।’
डीडीसीको बटर बजारमा प्रतिकिलो आठ सय ५० रुपैयाँ पर्छ । यही हिसाबले एक लाख ९४ हजार ६ सय किलो बटरको मूल्य १६ करोड ५४ लाख १० हजार रुपैयाँ हुन आउँछ । उपभोक्ता अधिकारकर्मी तिमिल्सिनाले डीडीसीको बदमासी पुष्टि भइसकेकाले कारबाही हुनुपर्नेमा जोड दिनुभयो । डीडीसीले अधिकांश बटर लेबल नै नगरि खाली कार्टुनमा राखेको पाइएको छ ।
यसअघि पनि डीडीसीको उत्पादनमा प्रश्न उठ्ने गरेको थियो ।
तस्बिर : माधव तिमिल्सिनाबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।