डीडीसीमा म्याद गुज्रिएको बटर भेटिएको हाे, अनुगमन टाेली पठाएका छाैँ : खाद्य विभाग

 असोज २७, २०७७ मंगलबार २०:३९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डीडीसीमा म्याद गुज्रिएको बटर भेटिएको स्वीकार गरेको छ ।

विभागले मङ्गलबार नै अनुगमनका लागि टोली पठाएको र टोलीले गुणस्तर मापनका लागि नमुना सङ्कलन गरी बुधबार परीक्षण गर्ने विभागका सहप्रवक्ता सन्तोष दाहालले जानकारी दिनुभयो । उहाँले दोषी पाइए डीडीसीलाई कारबाही प्रक्रिया थाल्ने बताउनुभयो ।

यसअघि उपभोक्ता अधिकारकर्मीसहित काठमाण्डौ महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा भएको अनुगमनमा एक लाख ९४ हजार ६ सय किलो म्याद गुज्रेको बटर भेटिएको थियो ।

यस्तै लेबल नभएका कार्टुनमा बटर राखेको र केही कार्टुनमा लेबल भए पनि म्याद सकिइसकेको भेटिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

डीडीसीको बटर बजारमा प्रतिकिलो आठ सय ५० रुपैयाँ पर्छ । यही हिसाबले एक लाख ९४ हजार ६ सय किलो बटरको मूल्य १६ करोड ५४ लाख भन्दा धेरै हुन्छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया