राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले बालबालिकाको पढाई र सीप विकासमा सुधार

 असोज २८, २०७७ बुधबार ८:४०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाँच वर्षअघि सुरु भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले बालबालिकाको पढाइ र सीप विकासमा सुधार भएको पाइएको छ ।

विद्यार्थीको सिकाइमा केन्द्रित भई शिक्षाको गुणस्तर सुधार गर्ने उदेश्यले यो परियोजना सन् २०१८ देखि सुरु भएको थियो । २०७२ सालमा अमेरिकी सहायता नियोग यूएसएआईडी नेपालको प्राविधिक सहयोगमा १६ जिल्लाबाट सुरु गरिएको परियोजना अहिले तेस्रो चरणमा ३५ जिल्लामा विस्तार भएको छ ।

चौथो चरणमा ७७ वटै जिल्लामा विस्तार गर्ने परियोजनाको उद्यश्य छ । सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले परियोजनाले बालबालिकाको पढाइ क्रियाकलापमा सहयोग गरेको पाउँदा खुशी लागेको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले परियोजनाले उच्चशिक्षाका लागि दरिलो जग खडा गरेको भन्दै बालबालिका रमाउँदै पढ्दै गर्ने राम्रो अभ्यासको थालनी भएको बताउनुभयो । शिक्षामा कार्यरत नागरिक समाजका प्रतिनिधिले भने यस्ता परियोजना सञ्चालन गर्दा पालिका र समुदाय तथा सबै पक्षलाई परिचालन गर्न र परियोजनाका सबै विवरण पारदर्शी बनाउन माग गर्दै आएका छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया