सोह्रखुट्टेमा ग्यास विस्फोट हुँदा ११ जना घाइते, वरपरका घरमा समेत क्षति

 असोज २९, २०७७ बिहिबार १३:३१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ । 

घाइते ११ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ । विस्फोटपछि घरमा आगलागीसमेत भएको थियो, अहिले आगलागी नियन्त्रणमा आएको प्रहरी नायब निरीक्षक रामकुमार घिमिरेले जानकारी दिनुभयो ।

ग्यास सिलिण्डर विस्फोटबाट वरपरका सात वटा घरका सिसा फुटेका र भित्ता चर्किएका पनि उहाँले जानकारी दिनुभयो ।

तस्बिर : उत्तमकुमार श्रेष्ठकाे फेसबुकबाट
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया