उपत्यकाका शक्तिपीठमा श्रद्धालुको भीड

 कात्तिक १, २०७७ शनिबार १५:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवरात्रिको पहिलो दिन (शनिबार) काठमाण्डाै उपत्यकाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ । 

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरु खुल्ला नगर्ने बताए पनि दर्शनार्थीहरु पूजाआजाका लागि पुगेका छन् ।

शनिबार बिहान भद्रकाली मन्दिरमा पूजाआजाका लागि आउने श्रद्धालुहरुको भिड देखिएको छ । आज नवरात्रिको पहिलो दिन भएकाले पनि भक्तालुहरु मन्दिर तथा शक्तिपीठमा पुगेका हुन् ।

अघिल्ला वर्षहरुको तुलनामा कम भीड भए पनि कोभिड १९ सङ्क्रमणको जोखिमलाई बेवास्ता गर्दैै भक्तालुहरु पूजाआजाका लागि शक्तिपीठ पुगेका छन् । सरकारले भने कुनैपनि मन्दिर र शक्तिपीठमा नित्यपूजा सञ्चालन गर्न बाहेक सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ । तर पनि मानिसहरु कोभिड सङ्क्रमणको जोखिमको प्रवाह नगरी मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा गर्न पुगेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया