कन्टेनरको ठक्करबाट काठमाण्डौमा एक पैदलयात्रुको ज्यान गयो

 कात्तिक २, २०७७ आइतबार १६:२०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको सामाखुसीमा कन्टेनरको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ । 

ना ६ ख ४०१६ नम्बरको कन्टेनरको ठक्करबाट झापाका ३१ वर्षीय अशोक ताजपुरियाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

उहाँको शिक्षण अस्पतल महाराजगञ्जमा उपचारका क्रममा दिउँसो साढे १२ बजे ज्यान गएको हो । कन्टेनर चालकलाई प्रहरीले पक्राउ छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया