हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ – भिडिओ कल गरेर खसी बोका छान्न सकिने भएको छ । दशैँ, तिहारलाई लक्षित गरि ई–फार्मले भर्चुअल खसी मेला गरिरहेको छ । उपभोक्ताले ई–फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी तथा च्याङग्रा छानी अर्डर गर्न सक्ने छन् ।
उपभोक्ताले बिहान ५ बजेदेखि राति १२ बजेसम्म जुनसुकै समयमा फोन गरेर खसी तथा च्याङग्रा अर्डर गर्न सक्ने छन् । असोज २५ गतेदेखि सुरु भएको खसी मेला कात्तिक ९ गतेसम्म हुनेछ ।
कोरोना भाइरस सङ्कटका कारण बजारमा गएर खसी किन्दा जोखिम हुने भएकाले भिडिओ कलमै उपभोक्ताले खसी छान्ने, तौल हेर्न सक्ने, खसीको रङसमेत छान्न सक्ने फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताउनुभयो । उपभोक्ताको मागअनुसार खसी जिउँदै र काटेर, सफा गरेर डेलिभरी गर्ने कम्पनीले जनाएको छ ।
ई–फार्मको वेबसाइट www.efarm.live बाट अर्डर गर्न सकिन्छ ।
फार्मबाट खसी किन्ने एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले पाँच प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउने छन् । त्यस्तै जिउँदो खसी, च्याङग्रा र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले तीन केजीभन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने कम्पनीले जनाएको छ ।
धनकुटा, बैतडी, उदयपुर, सल्यानलगायतका पहाडी जिल्लाबाट ल्याएको खसी, मुस्ताङको च्याङग्रा, नुवाकोटको कुखुरा ई–फार्ममा पाइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।