हिजोआजको मौसम : बिहान–बेलुका चिसो, दिउँसाे गर्मी

 कात्तिक ९, २०७७ आइतबार ७:१८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइतबार देशका धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार आइतबार प्रदेश १ का केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँको मौसम पनि बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो । देशका अरु बाँकी ठाउँको भने मौसम सफा रहनेछ ।

दशैँमा पानी पार्ने प्रणाली विकसित हुने अवस्था नरहेकाले मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् । दिउँसाेको समयमा घाम लागेर गर्मी हुन थाले पनि बिहान र बेलुकाको समयमा चिसो बढेको छ ।

आइतबार काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया