बाँदर धपाउन हानेको गोली लागेर वृद्धको ज्यान गयो

 कात्तिक १०, २०७७ सोमबार १७:३४:४० | एलबी थापा
unn.prixa.net

प्युठानको डामृमा बाँदर धपाउन हानेको गोली लागेर एक वृद्धको ज्यान गएको छ ।

आज बिहान ३३ वर्षका हेमलाल सुनारले बाँदर धपाउन हानेको गोली लागेर ७१ वर्षका बलबहादुर सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफूले हानेर गोली लागेर काकाको ज्यान गएपछि हेमलाल आफै प्रहरीकोमा गएका हुन् ।

प्रहरीले अनुसन्धान थालेको जनाएको छ । गोली लागेर ज्यान गुमाएका बलबहादुर पनि बाँदर धपाउन कुकुर लिएर घर नजिकै बारीमा जानुभएको थियो ।

अन्तिम अपडेट: चैत २, २०८०

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया