खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका - २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका किनारहरुमा बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च चलाइरहेका छन् । नेपाल तथा भारतका विभिन्न शहरहरुमा काम गर्दै आएका पुरुषहरु कोरोनाका कारण रोजगारी गुमाएर घर आएपछि नदीका बालुवा तथा गिट्टीमा आश्रित भएका छन् ।
बिहान ६/७ बजेदेखि नै नदी किनारमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलनका बालुवा प्रतिट्र्याक्टर तीन हजार रुपैयाँ, गिट्टी प्रतिट्र्याक्टर दुई हजार ५०० रुपैयाँ र ढुङ्गा एक हजार ३०० रुपैयाँका दरले बिक्री गर्ने गरेको स्थानीय सागर ठगुन्नाले बताउनुभयो । भारतमा होटेलमा काम गर्दा मासिक २० हजार भारतीय रुपैयाँ कमाउने गरेको भए पनि कोरोनाले रोजगारी गुमेपछि घर परिवार पाल्नका लागि बालुवा तथा गिट्टी सङ्कलन गरी बिक्री गर्दै आइरहेको उहाँले बताउनुभयो ।
कोरोनाले रोजगारी गुमेको भए पनि नदीको बालुवा गिट्टीले साँझ बिहानको जोहो गर्न सजिलो भएको गन्यापधुरा–३ का इन्द्र दमाईले बताउनुभयो । उ
हाँले भन्नुभयो, “भारतमा काम गर्ने होटेल बन्द भएपछि घर आएको हुँ । घर खर्च चलाउनका लागि अहिले बालुवा गिट्टी बेच्ने गरेको छु ।” तीन/चार दिनमा एक ट्र्याक्टर बालुवा तथा गिट्टी बिक्री गरी मासिक २५/३० हजार रुपैयाँ आम्दानी गर्ने गरेको उहाँको भनाइ थियो ।
गाउँपालिकाले पालिकाभित्र रहेका बेरोजगारहरुको तथ्याङ्क सङ्कलन गरिहेको र उनीहरुको सीपअनुसारे रोजगारी सिर्जना गर्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताउनुभयो । पालिकाले गर्ने विकास निर्माणका काममा स्थानीय व्यक्तिलाई मात्रै प्रयोग गर्ने र व्यावसायिक तथा सामूहिक कृषि खेती गर्न पालिकाले विशेष अनुदान दिने नीति ल्याएको अध्यक्ष मल्लले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।