चीनबाट च्याङ्ग्रा नआएपछि खसी किन्नुपर्दा हुम्लीको दशैँ महँगो

 कात्तिक ११, २०७७ मंगलबार ११:५८:१५ | रासस
unn.prixa.net

सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैँ महँगो भएको हो ।

विगतका वर्षहरुमा प्रत्येक वर्षको दशैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ हुम्लीको महँगो बनेको सिमकोट–७ का स्थानीय अमृते विकले बताउनुभयो ।  

हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पा लगायतका नाकाबाट चिनियाँ च्याङ्ग्रा आउँदा विगतका वर्षका दशैँ हुम्लीहरुले सस्तो मूल्यमा खसी किनेर बलि दिने गरेका थिए भने यस पटक च्याङ्ग्रा नआएपछि महँगो मूल्यमा स्थानीय खसी किनेर बलि दिएको विकले बताउनुभयो ।

चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा १५ हजार रुपैयाँसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा २७ हजार रुपैयाँसम्म पर्न गएको हुनाले यो यस पटकको दशैँ महँगो भएको अर्का स्थानीय कालु बोहराले बताउनुभयो । खसी व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसीको तौलअनुसार १५ देखि २७ हजार रुपैयाँसम्ममा बिक्री गरिएको बताउनुभयो ।

स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारी बोहराले बताउनुभयो । व्यापारीहरुले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैँका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएको उहाँले बताउनुभयो । 

दशैँ आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे । कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका यस पटक बन्द हुँदा चिनियाँ च्याङ्ग्रा  नभित्रिएका हुन् । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया