जनप्रतिनिधिकै घरबाट काेठा सर्न बाध्य स्वास्थ्यकर्मी

 कात्तिक १७, २०७७ सोमबार १८:४२:५० | दमन राई
unn.prixa.net

खोटाङ – कोरोना सङ्क्रमण फैलिएका कारण खोटाङको साकेला गाउँपालिकाकी एक स्वास्थ्यकर्मी डेरा फेर्न बाध्य हुनुभएकाे छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायत दर्जनौं व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएपछि साकेला गाउँपालिका–४ मात्तिम स्वास्थ्यचौकीमा कार्यरत अनमी अञ्जु बस्नेत कोठा फेर्न बाध्य हुनुभएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भएकी अनमी बस्नेत साकेला गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको घरमा बस्दै आउनु भएको थियो । 

दशैं बिदा सकेर आइतबार कार्यक्षेत्र फर्कदै गरेको अवस्थामा धनबहादुर खड्का (गाउँपालिकाकी उपाध्यक्ष खड्काका श्रीमान)ले फोन गरेर अर्को कोठा खोजेर सर्न भनेपछि हत्तपत्त अर्को घरमा कोठाको व्यवस्था गर्नुपरेको अनमी बस्नेतले बताउनुभयो ।

अनमी बस्नेतका लागि वडाध्यक्ष कृष्णप्रसाद भट्टराईकै सहयोगमा अर्को घरमा कोठाको बन्दोबस्त मिलाइएको छ । अनमी बस्नेत वर्षदिन अघिदेखि गाउँपालिकाकी उपाध्यक्ष खड्काको घरमा डेरामा बस्दै आउनु भएको थियो । अकस्मात कोठा खोज्नुपर्ने बास पाउन गाह्राे भएको अनमी बस्नेतको गुनासो छ । 

गाउँपालिका उपाध्यक्षका श्रीमान् खड्काले भने घरमा  उच्च रक्तचाप र मुटुको औषधि सेवन गरिरहेको रोगी आमा भएकाले सुरक्षित बस्ने विषयमा सोच्न मात्र भनेको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया