आगाेले जलेर दाङमा महिलाकाे ज्यान गयाे
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको निःशुल्क उपचार व्यवस्थापन गर्ने विषयमा प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । बिहीबार सर्वोच्च अदालतले कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार गर्न आदेश दिएकाले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य सचिव अर्यालले ‘सङ्क्रमितको निःशुल्क उपचार गर्नू’ भन्ने आदेशमा पुनरावलोकन गर्न सर्वोच्चले अस्वीकार गरेपछि मन्त्रिपरिषद्को यसअघिको निर्णय मिलाउन अर्को प्रस्ताव लैजाने तयारी गरेको बताउनुभयो ।
यसअघिको मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमित स्वयंले उपचार खर्च बेहोर्नुपर्ने निर्णय गरेकोले बैठकबाटै सच्याउनुपर्ने उहाँले बताउनुभयो । सरकारले सक्नेबाट शुल्क लिने र नसक्नेलाई कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने बताए पछि यसको चौतर्फी विरोध भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।