नेपालसहित ६ देशका ५ हजार बालबालिकालाई क्यान्सरको औषधि निःशु...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - देशभर न्यूनतम तापक्रम घट्दै गएको छ । तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ ।
आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएपछिकै कम १० डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएकोमा पछि फेरि घटेर न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियसमा झरेको थियो ।
काठमाण्डौसहित देशभर नै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम घट्दै गएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ ।
अरु ठाउँको न्यूनतम तापक्रम पनि बिस्तारै घट्दै गएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । हिजो जिरीको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस, जोमसोमको ३ डिग्री सेल्सियस, ताप्लेजुङको ११, दिपायलको ९ दशमलव ८ डिग्री सेल्सियस र डडेल्धुराको तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियसमा झरेको थियो ।
तापक्रम अझै घट्दै जाने मौसमविद् मानन्धरले बताउनुभयो । आज पनि देशभर खुलेर घाम लाग्ने सम्भावना छैन । पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना छ । अरु ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।