उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – अमेरिकाका सङ्घीय चुनाव अधिकारीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावमा धाँधली भएको भन्ने आरोपलाई खारेज गरिदिएका छन् ।
अधिकारीहरुले 'सन् २०२० को राष्ट्रपतीय चुनाव अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव' भएको बताएका छन् ।
चुनाव अधिकारीहरुको एक कमिटीले चुनावमा मतदान प्रणाली बिगारिएको मत बदलिएको जस्ता आरोपको कुनै प्रमाण नभेटिएको बताएका छन् ।
डोनाल्ड ट्रम्पले विना प्रमाण आफ्नो पक्षमा परेको झण्डै अढाइ करोड मत खराब गरिएको आरोप लगाएका थिए ।
डोनाल्ड ट्रम्पले अहिलेसम्म जो बाइडेनसँग हार मानेका छैनन् । यद्यपि अमेरिकाको सबै ठूला टीभी च्यानलहरुले गएको ३ नोभेम्बरमा भएको चुनावमा जो बाइडेनको जितको भएको बताएका छन् ।
बीबीसीको अनुमानअनुसार जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएपछि थप ११ इलेक्टोरल कलेज मतका साथ उनको इलेक्टोरल मतको सङ्ख्या दुई सय ९० भएको छ, ट्रम्पको भने दुई सय १७ मत छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावको नतिजालाई लिएर कानुनी लडाइँ लड्ने बताउँदै आएका छन् ।
यसैबीच जो बाइडेन र उनकी सहयोगी कमला ह्यारिसलाई अमेरिकी चुनावमा विजयी भएको भन्दै चीनले बधाई दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले भने, ‘हामी अमेरिकी नागरिकको इच्छाको सम्मान गर्छाैँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।