भीडभाड हुने काठमाण्डौका मुख्य व्यापारिक क्षेत्रमा ट्राफिक प्रहरीको ध्यान केन्द्रीत

 कात्तिक २९, २०७७ शनिबार ८:१७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा चाडपर्व लक्षित भीडभाड बढ्ने अनुमानसहित ट्राफिक प्रहरीले मुख्य व्यापारिक केन्द्रहरुमा ध्यान केन्द्रीत गरेको छ ।

कालीमाटी, सुन्धारा, न्युरोड, बल्खु, कलंकी, इन्द्रचोक, भोटाहिटी, पुरानो बानेश्वर, कोटेश्वर, लगनखेललगायत क्षेत्रमा किनमेल गर्नेहरुको भीड बढेको छ । तिहारका लागि आवश्यक पर्ने सामग्री किनमेल गर्नेको संख्या धेरै रहेकाले चाडपर्व सुरक्षा योजनाअनुसार उच्च सतर्कता अपनाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै सुरक्षालाई थप मजबुत बनाउन ७ सय ३९ जना जनशक्ति थप गरिएको पनि महाशाखाका प्रमुख एवं एसएसपी भीम ढकालले जानकारी दिनुभयो ।

यस्तै काठमाण्डौबाट बाहिर जानेको संख्या बढेसँगै बसपार्क र भीडभाड हुने ठाउँहरुमा जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डाैबाट २८ हजार ८ सय ४१ जना व्यक्ति बाहिरिएका छन् भने २५ हजार ४ सय ४१ जना भित्रिएका छन् ।

यस्तै द्रूत गतिमा गाडी चलाउने, ठूलाे हर्न बजाउने, स्वास्थ्यका मापदण्ड पालना नगर्ने र नम्बर प्लेट नबुझिने गाडीहरुलाई पनि कारबाही गरिएको महाशाखाले जनाएको छ । महाशाखाले नम्बर प्लेट नबुझिने गाडीहरुलाई जरिबाना गर्दै नयाँ नम्बर प्लेट तत्काल राखेर मात्रै छाड्ने गरेको पनि जनाएको छ ।

 

अन्तिम अपडेट: कात्तिक २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया