दाेस्राे मिनेटमै लिएकाे अग्रता जाेगाउन नसक्दा वालिङले विराटन...
माघ ८, २०७७ बिहिबार
उदयपुर – उदयपुरमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ४७ हजार नगद र तीन लाखको चेकसहित नौ जना पक्राउ परेका छन् ।
शनिबार राति त्रियुगा नगरपालिका १० को करमगाछीमा प्रेम भट्टराईको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुग्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० का प्रेम भट्टराई, ईश्वर खड्का, त्रियुगा नगरपालिका ११ को गाईघाट बजारका मन्दिप राई, राजनकुमार राउत, त्रियुगा १२ गाईघाट बजारका बलबहादुर कार्की रहेका छन् ।
त्यसैगरी पक्राउ पर्नेमा त्रियुगा १ का नवीन राई, त्रियुगा ८ का पुरुषोत्तम कार्की, त्रियुगा ११ का मेखबहादुर राई र त्रियुगा नगरपालिका ३ का सुनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उनीहरुको साथबाट एक बुक तास, १७ थान मोबाइल, १९ वटा कौडा, छ थान मोटरसाइकलको चाबी, दुई थान सुनको सिक्री र तीन थान सुनको औँठी फेला परेको छ ।
यसैगरी कृषि विकास बैंकको एक लाखको चेक, नबिल बैंकको दुई लाख दश हजारको चेक र नगद दुई लाख ४७ हजार एक सय १७ रुपैयाँ फेला परेको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको डीएसपी गौतमले जानकारी दिनुभयो ।