अर्को जाडोयामसम्ममा कोरोना महामारी सामान्य हुने खोप निर्माताको भनाइ

 मंसिर १, २०७७ सोमबार ६:१७:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – खोप निर्माताहरूले आउँदाे वर्षको जाडोयाससम्म कोरोना महामारी सामान्य अवस्थामा आउने बताएका छन् ।

औषधि उत्पादक कम्पनी बायोटेकका सह संस्थापक प्राध्यापक उगुर साहिनले आउँदो गर्मीयाममा खोप सफल भइ पहुँचमा उल्लेख्य वृद्धि हुने र त्यसको असरले अर्को जाडो सुरु हुँदासम्म महामारी सामान्य अवस्थामा आउने बताउनुभएको बीबीसीले जनाएको छ ।

बायोटेकले गएको हप्ता उसले आविष्कार गरेको खोपले ९० प्रतिशत मानिसलाई कोरोना लाग्नबाट बचाउने दाबी गरेको थियो । झण्डै ४३ हजार  जनाले याे खाेपकाे परीक्षणमा सहभागिता जनाएका थिए । यो सफलतासँगै अहिले विश्वमा कोरोना महामारीप्रतिको गम्भीर चिन्ता कम हुँदै गएको खबरमा उल्लेख छ ।

बीबीसीकाे वान्स एन्ड्रियु मार शाे कार्यक्रममा प्राध्यापक सहिनले खाेपले मानिसबीचकाे सङ्क्रमण घटाउने र खाेप लगाएका कसैमा पनि लक्षण विकास हुनबाट राेकिने आशा व्यक्त गर्नुभएकाे छ । 

याे वर्षकाे अन्त्यसम्म बेलायतले बायाेटेक/फिजर कम्पनीकाे खाेप १० लाख डाेज प्राप्त गर्ने बताइएकाे छ, बेलायतले यसअघि नै तीन कराेड खाेपकाे डाेजकाे अर्डर गरिसकेकाे छ । अहिले ६ देशमा परीक्षण भइरहेकाे खाेपलाई तीन हप्ताभित्र दुई खेप लगाउनुपर्ने हुन्छ ।  

यसैबीच विश्वमा एकैदिन चार लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै एक लाख २४ हजार पाँच सय ६८ सहित विश्वमा चार लाख ७० हजार चार सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वर्ल्डाेमिटरले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा छ हजार चार सय ५३ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । विश्वमा अहिलेसम्म पाँच करोड ४७ लाख ८६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा १३ लाख २३ हजार आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

स्तै सङ्क्रमितमध्ये तीन करोड ८१ लाख ११ हजारभन्दा धेरै निको भएका छन् ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया