नीतीश कुमारले सातौँ पटक मुख्यमन्त्रीको शपथ लिए

 मंसिर १, २०७७ सोमबार १७:५१:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – नीतीश कुमारले सातौँ पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिएका छन् । बिहारका राज्यपाल फागू चौहानले उनलाई शपथ ग्रहण गराएका हुन् । 

भारतीय जनता पार्टी (बीजेपी) को तर्फबाट तारकिशोर प्रसाद र रेणु देवील पनि मन्त्री पदको शपथ लिएका छन् । यी दुईलाई उपमुख्यमन्त्री पनि बनाउन सकिने बताइएको छ ।

तारकिशोर प्रसाद कटिहारबाट लगातार चौथो पटक विधान सभा चुनाव जितेर आएका हुन् । त्यस्तै रेणु देवी बेतियाबाट चुनाव जितेर आएकी हुन् । उनल यसअघि सन् २०००, २००५ र २०१० मा चुनाव जितेकी थिइन् तर सन् २०१५ मा हारेकी थिइन् ।

तर त्यस समय नीतिश कुमार महागठबन्धनमा थिए र बीजेपीले एलजेपी, माझी र उपेन्द्र कुशवाहाको पार्टीसँग मिलेर चुनाव लडेको थियो ।

नीतीश कुमार आबद्ध गठबन्धनले विधान सभाको २४३ सिटमध्ये १२५ सिट ल्याएको थियो भने विपक्षीहरूको महागठबन्धनले ११० सिट जित हासिल गरेको थियो । साथै अन्यले आठ सिट जितेका थिए । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया