दाङ : मापदण्ड विपरीत सञ्चालनमा रहेका १० क्रसर उद्योग बन्द गर्न निर्देशन

 मंसिर ८, २०७७ सोमबार ९:०:१३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - मापदण्डको पालना नगरि सञ्चालनमा रहेका दाङका १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

अनुगमनका क्रममा १० वटा क्रसर उद्योगले अवैध रुपमा काम गरिरहेको फेला परेपछि ती उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बालुवा प्रशोधन गर्ने भनेर उद्योग दर्ता गरेकोमा क्रसर उद्योग नै सञ्चालन गरेको पाइएको छ ।

गृह मन्त्रालयले गएको कार्तिक २५ गते निर्देशन दिएपछि जिल्लामा क्रसर उद्योगको अनुगमन थालिएको थियो । ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएकोमा ६ वटा बन्द भएको पनि प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

यस्तै २६ वटा सञ्चालनमा रहेका छन् । तीमध्ये १० वटाले क्रसर उद्योगमा नाममा चलाएको पाइएपछि बन्द गर्न निर्देशन दिइएको छ । अटेरी गरे सेवा सुविधा कटौतीसँगै दर्ता खारेज गर्ने प्रशासनले चेतावनी दिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया