बाइडेनलाई औपचारिक बधाई दिन ढिला हुँदा रुस–अमेरिकाको सम्बन्धमा कुनै असर पर्दैन : पुटिन

 मंसिर ८, २०७७ सोमबार १३:२०:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितलाई लिएर किन बधाई नदिएको बारेमा बताएका छन् । 

पुटिनले कानुनी लडाइँको फैसला आउञ्जेलसम्म पर्खिने र त्यसपछि बाइडेनलाई बधाई दिने बताएका हुन् । 

रुसी टीभी च्यानललाई दिएको अन्तर्वार्तामा पुटिनले औपचारिक बधाई दिन ढिला हुँदा रुस र अमेरिकाको सम्बन्धमा कुनै कसर नपर्ने दाबी गरेका हुन् । 

यद्यपि यी दुई देशबीचको सम्बन्ध पहिलेदेखि नै तनावपूर्ण छ । 

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सधैँ नै भ्लादिमिर पुटिनको प्रशंसा गर्दै आइरहेका छन् र ट्रम्पमाथि राष्ट्रपति बन्नका लागि रुसको मदत लिएको आरोप पनि छ । 

पुटिनलाई सोधिएको थियो– ‘बधाई नदिएर के पुटिन दुई देशको सम्बन्ध खराब त बनाइरहेका छैनन ?’

यस प्रश्नको जवाफमा उनले भने, ‘जुन सम्बन्ध पहिलेदेखि नै खराब छ, त्यो अझै कसरी खराब हुन्छ ।’ 

‘हामी दुईबीच एकआपसमा सम्मानजनक सम्बन्ध छ । निवर्तमान राष्ट्रपति ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बाइडेन दुवैसँग सम्मानजनक सम्बन्ध छ । हामीलाई कसैसँग कुनै समस्या छैन । यो एक औपचारिक विषय हो । हाम्रो कुनै लुकाइएको एजेण्डा छैन । औपचारिक सम्बन्ध निभाउन हतार गर्दा खराब सम्बन्ध राम्रो हुन्छ भन्ने मलाई लाग्दैन’, उनले भने ।

पुटिनले पछिल्लो पटक पनि सबैले हिराली क्लिन्टनलाई बधाई दिएको तर जित भने ट्रम्पको भएको बताए । 

उनले अमेरिकी नागरिकले चुनेको जोसुकै राष्ट्रपतिसँग काम गर्न तयार रहेको तर मत गन्ने प्रक्रिया र घरेलु राजनीतिक सङ्घर्ष नथामिञ्जेल पर्खनु महत्त्वपूर्ण भएको बताए । 

अमेरिकामा गएको ३ नोभेम्बरमा चुनाव भएको थियो । चुनावी नतिजामा ट्रम्पका प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई विजेता घोषित गरिएको छ । 

चर ट्म्प यो मान्न तयार छैनन् । ट्म्प मत गन्दा धाँधली भएको दाबी गर्दै आइरहेका छन् । केही राज्यमा अझै पनि मत गन्ने काम भइरहेको छ ।  

बाइडेनलाई ट्म्पभन्दा ६० लाख धेरै मत प्राप्त भएको छ । अमेरिकामा जितको लागि दुई सय ७० इलेक्टोरल कलेज मत चाहिन्छ र बाइडेनले तीन सय ६ मत प्राप्त गरेका छन् । 
यसको बाबजुद पनि ट्म्प आफ्नो हार स्वीकार गरिरहेका छैनन् । 

जो बाइडेनलाई बधाई दिने विषयलाई लिएर रुसको छिमेकी चीनले पनि लामो समयसम्म पर्खिएको थियो तर चीनले अन्ततः १३ नोभेम्बरमा बाइडेनलाई बधाई दिएको थियो । 
पछिल्ला दिनमा अमेरिका र चीनबीचको सम्बन्ध पनि त्यति राम्रो छैन ।  

बाइजेनलाई अझै पनि ब्राजिल, मेक्सिको र उत्तर कोरियाले बधाई दिइसकेको छैन ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया