महोत्तरीमा प्रहरीको गोली लागेका न्यौपानेको ज्यान गयो

 मंसिर १०, २०७७ बुधबार ८:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

 

काठमाण्डाै  - महोत्तरीको बर्दिवासमा छ वर्षकी बालिकाकाे हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका एक जनाको ज्यान गएको छ ।

हिजो भएको प्रदर्शनमा गोली लागेर घाइते भएका संजय भन्ने बुद्धिराज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाको छ । गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाण्डौको ग्राण्डी अस्पतालमा ल्याइएको थियो । अस्पतालमा उपचारको क्रममा राति ज्यान गएको परिवारले बताएका छन् ।

आइतबार बेलकीदेखि हराएकी बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिकाको सोमबार शव भेटिएको थियो । बालिकाको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गरेर स्थानीय बासिन्दाले हिजो पूर्वपश्चिम राजमार्ग बन्द गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनलाई रोक्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यासका साथै रबरका गोली र हवाइ फायरसमेत गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका अरु दुई जनाको उपचार भइरहेको छ । हत्याको आरोपमा पक्राउ परेका गौशाला नगरपालिका–५ का अरुण कुमार साहले बालिकाको हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले साहले यसअघि पनि पटकपटक घटना घटाएको भन्दै आजीवन कैद सजायको माग गर्दै प्रदर्शन गरेका छन् । आज पनि प्रदर्शन हुने सम्भावना रहेकोले सुरक्षा सतर्कता उच्च पारिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया