पश्चिमी वायुको प्रभावका कारण आज केही ठाउँमा वर्षा र हिमपात हुने

 मंसिर १०, २०७७ बुधबार १६:४१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – पश्चिमी वायुको प्रभावका कारण बुधबार (आज) देशका केही ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् समीर श्रेष्ठका अनुसार बुधबार पश्चिमका पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ भने हिमाली जिल्लामा हिमपात हुने छ । पश्चिमी वायुको प्रभाव धेरै परेको गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने उहाँले बताउनुभयो ।

अहिले पश्चिमी वायु पूर्वी क्षेत्रमा सर्ने क्रममा रहेकाले राति पूर्वी क्षेत्रको मौसम पनि बदली हुनेछ । मध्य क्षेत्रमा भने मौसम बदली भए पनि पानी नपर्ने मौसमविद् श्रेष्ठले बताउनुभयो ।

पश्चिमी वायुको प्रभावकै कारण बिहीबार बेलुकासम्म देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बदली हुने पूर्वानुमान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया