आज दिउँसो यी तीनवटा प्रदेशमा हिमपातको सम्भावना

 मंसिर ११, २०७७ बिहिबार ८:१८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । मौसमविद् श्रेष्ठका अनुसार बाँकी ठाउँको मौसम आंशिक देखि समान्य बदली रहनेछ ।

राति पनि देशका पहाडी भेगमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ भने गण्डकी, कर्णाली,सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । यसैबीच भारतमा आएको निवार नामक शक्तिशाली तुफानको असर नेपालमा पर्ने सम्भावना एकदमै कम भएको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

तमिलनाडू नेपालबाट टाढा भएकाले यसको असर पर्ने सम्भावना अत्यन्तै न्यून भएको उहाँको भनाई छ । काठमाण्डौ उपत्यकाको आज बिहान ६ बजेको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया